९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

सन नेपाल लाइफ र सिटिजन लाइफकाे आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

११ साउन, काठमाडाैं । दुई जीवन बीमा कम्पनीले आईपीओ बिक्री खुला गरिरहेका छन्। सिटिजन लाइफ र सन नेपाल लाइफले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेका हुन् ।

सन नेपाल लाइफ  इन्स्योरेन्सको आईपीओमा हालसम्म २२ हजार ३०८ जना आवेदकबाट १४ लाख २३ हजार १० कित्ताका लागि आवेदन परेको छ। याे मागभन्दा १.४८ गुणा बढी आवेदन हाे ।  कम्पनीले साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १३९ रुपैयाँ प्रिमियम थप गरेर २३९ रुपैयाँका दरले ९ लाख ६० हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ ।

त्यस्तै, सिटिजन लाइफको आईपीओमा २३ हजार ८३४ आवेदकले कुल १६ लाख ६४ हजार ५८० कित्ताका लागि आवेदन दिएका छन्। याे मागभन्दा १.४७ गुणा बढी आवेदन हाे । आईपीओमा हालसम्म ४० करोड ६१ लाख रुपैयाँभन्दा बढी संकलन भइसकेको छ।  कम्पनीले असार ३१ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमा साउन १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : July 27, 2023 at 5:39 pm