११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

२९.७१ अंकले घट्याे सेयर बजार, २ अर्ब ४२ करोडकाे काराेबार

११ साउन, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा बन्द भएकाे छ । आज ६७ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको १.१७ प्रतिशत, फाइनान्स समूहको २.२३ प्रतिशतले सेयर मूल्य घटेको छ । आज सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन शिवम् सिमेन्टको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार १५:१३