७ असार २०८३, आइतबार | Sun Jun 21 2026

काठमाडौँ उपत्यकासहित वागमती प्रदेशमा घट्यो सार्वजनिक यातायातको भाडा

११ साउन, काठमाडौँ । काठमाडाैं  उपत्यकासहित बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटेको छ। बागमती प्रदेश सरकारले आजैदेखि लागू हुने गरी सार्वजनिक सवारीको भाडादर समायोजन गरेसँगै गाडीभाडा घटेको हो । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि बागमती प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाइएको हो।

नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा १८ रुपैयाँ भाडा लाग्नेछ । त्यसैगरी उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ र २० किलाेमिटरभन्दा माथि ३७ रुपैयाँ तोकिएको छ ।

प्रदेशभित्र चल्ने लामोदूरीका यात्रुबाहक सवारी साधनको भाडादर २.३० प्रतिशतले घटेको छ । यस्तै, प्रदेश भित्र चल्ने (लामो–छोटो दूरी) मालबाहक सवारी साधनको भाडादर ३.१८ प्रतिशतले घटेको छ । यसका साथै, प्रदेशभित्रका ठूला सहरी क्षेत्रमा चल्ने सिटी बसको भाडादर ३.२६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : July 27, 2023 at 2:18 pm