१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

आँखुखोला जलविद्युतले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ नियुक्त

११ साउन, काठमाडाैं । आँखुखोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । कम्पनीले चुक्तापुँजीको १ः१.५ अनुपात अर्थात १५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेकाे हाे । हकप्रद सेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ। यसका साथै आँखुखोला जलविद्युतले नबिल इन्भेस्टमेन्टलाई आफ्नो सेयर रजिस्ट्रारमा पनि नियुक्त गरेको छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा आँखुखोला जलविद्युतका तर्फबाट कम्पनीका अध्यक्ष राम श्रेष्ठ तथा सेयर रजिस्ट्रारसम्बन्धी सम्झौतापत्रमा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रतीक्षा शर्मा र नबिल इन्भेष्टमेन्ट बैंकिङका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन्।

सम्झौतामा नबिल इन्भेस्टमेन्टले आँखुखोला जलविद्युतका सेयरधनीहरुलाई हकप्रद सेयर निष्कासनसम्बन्धी कार्यका लागि आवश्यक पूर्वतयारीमा रहेको जनाएको छ। पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरुबाट हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गरिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। धादिङ जिल्लामा अवस्थित आँखुखोला विद्युत उत्पादन क्षमता ८.४ मेगावाट रहेको छ र उक्त उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जडान गरिएको छ।

प्रकाशित मिति : July 27, 2023 at 12:16 pm