६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सुनकाे मूल्य फेरि नयाँ रेकर्ड नजिक, कति पुग्याे ताेलाकाे ?

११ साउन, काठमाडाैं । साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार नेपाल बजारमा सुनको मूल्य नयाँ रेकर्ड नजिक पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ९५० रुपैयाँ पुगेको छ। सुनको यो भाउ यसअघिको कीर्तिमानी मूल्यभन्दा १०० रुपैयाँले मात्र कम हो।

यसअघि गत साउन ४ गते सुनको भाउले नयाँ  रेकर्ड बनाएकाे थियो। साे दिन छापावाल सुन प्रतितोला १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको थियाे ।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको थियाे ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहीबार ११:०६