२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

सोल्टी होटलकाे सेयरमा झुम्मिए लगानीकर्ता, आज कुनकाे कति भयाे काराेबार

९ साउन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३६.२९ अंकले घटेर २२६४.३१ बिन्दुमा बन्द भएकाे छ । मंगलबार २६७ कम्पनीको ७७ लाख १६ हजार २७७ कित्ता सेयर किनबेच हुदाँ २ अर्ब ९१ करोड ७ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सोल्टि होटलको सेयर सर्वाधिक खरिदबिक्रि भएकाे छ । कम्पनीको यस दिन १५ करोड २७ लाख ७९ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख ५७ हजार रुपैयाँ बराबर,ग्लोबल आइएमई बैंकको ७ करोड ८२ लाख ८३ हजार रुपैयाँ, एभरेष्ट बैंकको ७ करोड ६२ लाख ५ हजार रुपैयाँ र कुमारी बैंकको ७ करोड ४६ लाख २ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १५:२१