कुमारी बैंकले संसोधन गर्याे ब्याजदर, कुन खातामा कति ?
९ साउन, काठमाडौं । कुमारी बैंकले ब्याजदर संसाेधन गरेकाे छ । बैंकले ब्याजदर संसाेधन गर्दै साउन ९ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हाे ।
बैंकले सार्वजनिक गरेकाे नयाँ ब्याजदर तालिका अनुसार एलसीवाई फिक्स डिपोजिटमा ब्यक्तिगत तर्फ १०.९३७ प्रतिशत र सामूहिक तर्फ ८.९३७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
त्यस्तै, बैंकले कुमारी उत्सव, धनवृद्धि र रेमिट बचत खातामा समान ७.०७३ प्रतिशत, कुमारी रेमिट आईपीओ बचत खाता, कर्णाली प्रदेशका लागि छोरी बचत खाता, गज्जबको बचत खातामा समान ८.०७३ प्रतिशत र अन्य बचतमा ६.०७३ प्रतिशत ब्याजदर तोकेको छ ।
प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलवार १५:०२