काभ्रेमा भएकाे सवारी दुर्घटनामा पत्रकार जीवन पराजुलीसहित दुई जनाको मृत्यु
१० कात्तिक, काभ्रे । काभ्रेकाे मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा पत्रकार जीवन पराजुलीसहित दुई जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् ।बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी रेडियो गौरवका पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ का संयोजक विनोद कार्कीको मृत्यु भएको छ । दुर्घटनामा पूर्व एआईजी किरण गौतम गम्भीर घाइते भएका छन् । दुबै घाइतेको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : 17:12







