२३ पुष २०८१, मंगलवार | Tue Jan 7 2025

गोलभेडाको मूल्य बढ्यो, यस्तो छ आज तरकारीको मूल्य

८ साउन, काठमाडौं। कालीमाटी तरकारी बजार विकास समितिले सोमबारको लागि तरकारीको थोक मूल्य सार्वजनिक गरेकाे छ ।समितिले सार्वजनिक गरेकाे मूल्य अनुसार सोमबार ठूलो गोलभेडा (नेपाली) को न्यूनतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र अधिकत मूल्य १०० रुपैयाँ रहेको छ। आइतबारबारकाे तरलनामा साेमबार ठूलो गोलभेडा (नेपाली) मूल्य बढेकाे हाे । आइतबार यसको न्यूनतम थोक मूल्य प्रतिकिलो ८० रुपैयाँ र अधिकत मूल्य ९० रुपैयाँ थियो।

त्यस्तै, सानो गोलभेडा (लोकल) को न्यूनतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकतम मूल्य ४५ रुपैयाँ तय भएको छ। आइतबार यसको न्यूनतम थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ र अधिकतम मूल्य ४० रुपैयाँ तय भएको छ।

त्यस्तै, साेमबार सुकेको प्याज (भारतीय) को न्यूनतम थोक मूल्य प्रतिकिलो ४९ रुपैयाँ र अधिकतम मूल्य ५२ रुपैयाँ रहेको छ। आइतबार प्याजको न्यूनतम थोक मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकतम मूल्य ५२ रुपैयाँ थियो।

यस्तै, लोकल गाजरको न्यूनतम थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ र अधिकतम मूल्य १३० रुपैयाँ रहेको छ। लोकल बन्दाको मूल्य २ रुपैयाँले बढेर न्यूनतम थोक मूल्य प्रतिकिलो १२ रुपैयाँ र अधिकतम मूल्य १५ रुपैयाँ पुगेकाे छ । साथै, रातो आलुको न्यूनतम थोक मूल्य ५० रुपैयाँ र अधिकतम मूल्य ५२ रहेको छ। भारतीय रातो आलुको न्यूनतम थोक मूल्य ३५ रुपैयाँ रहँदा अधिकतम मूल्य ३६ रुपैयाँ रहेको छ। सेतो आलुको न्यूनतम थोक मूल्य ३८ रुपैयाँ र अधिकतम मूल्य ४० रुपैयाँ रहेको तरकारी बजार विकास समितिले जनाएकाे छ ।

प्रकाशित मिति : ८ श्रावण २०८०, सोमबार १०:०३