२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

मौद्रिक नीतिः राष्ट्र बैंकले घटायो नीतिगत दर

७ साउन, काडमाडाैं ।  राष्ट्र बैंकले नीतिगत दरलाई घटाउने भएको छ । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गर्दै आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको केन्द्रिय बैंकले जनाएको छ।

यस्तै बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकले सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तरबैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप संकलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप संकलन बोलकबोल खुला गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलव्ध हुने व्यवस्थालाई यथावत राखिएको केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति : July 23, 2023 at 2:38 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/