९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

एनआईसी एशिया बैंकको २६औँ वार्षिकोत्सवः अझ प्रविधिमैत्री र ग्राहकमैत्री सुविधा प्रदान गर्ने अठोट

५ साउन, काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो २६औँ वार्षिकोत्सव मनाउने भएकाे छ । २६ वर्षअघि आजकै दिन सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने संकल्पका साथ शुरू भएको एनआईसी एशिया बैंक आत्मीय सहयात्राको फलस्वरूप देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २६ औं वार्षिकोत्सव मनाउन लागेकाे बैंकले जनाएकाे छ ।

यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहक, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति बैंकले आभार प्रकट गरेको छ।

बैंकले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ, ‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौँ र जे छौँ, त्यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ,  ‘आगामी दिनमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधा प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्ने अठोट गर्दछौँ ।’

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार १३:५०