काठमाडौंमा खुल्ला ढलमा परेर साइकल यात्रुको मृत्यु
१० कात्तिक,काठमाडौँ । काठमाडौंको कीर्तिपुरमा खुल्ला ढलमा परेर एक साइकल यात्रुको मृत्यु भएको छ । नाम नखुलेका अन्दाजी ३५ वर्षीय पुरषकाे अाज बिहान ढलमा खसेर मृत्यु भएकाे हाे । कीर्तिपुरकाे त्रिभुवन विश्व विद्यालय को मूल गेट नजिकै नालामा खसेर साइकल यात्रुको मृत्यु भएको जानकारी प्राप्त भएकाे छ ।

स्थानीयहरुले ढलमा साइकल यात्रु खसेको देखेर प्रहरीलाई जानकारी गराएपछि प्रहरीले ती व्यक्तिलाई ढलबाट मृत अवस्थामा निकालेका हुन् । खुल्ला ढलमा परी एक व्यक्तिको मृत्यु भए पछि त्यहाँका स्थानीएले भने ढललाई मान्छे मार्ने पासो भनेर नाम समेत दिन थालेका छन् ।
प्रकाशित मिति : 14:11









