२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

‘फ्रि ब्यालेन्स’मा देखाएको सेयर मात्र बिक्री गर्न लगानीकर्तालाई सीडीएससीको आग्रह

३ साउन, काठमाडाैं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आफ्नो स्वामित्वको सेयर मात्रै बिक्री गर्न लगानीकर्तालाई आग्रह गरेको छ। सीडीएससीले आज एक सूचना प्रकाशित गरी आफ्नो हितग्राही खातामा रहेको धितोपत्र बिक्री गर्न योग्य रहेको नरहेकाे यकिन गरेर मात्र बिक्री गर्न लगानीकर्ताहरुलाई अनुरोध गरेको हाे ।

‘मेरो सेयरको ‘माई सेयर्स’ पेजमा देखाइने धितोपत्रको अवस्थामध्ये ‘फ्री ब्यालेन्स’मा रहेको परिमाणको धितोपत्रमात्र बिक्रीयोग्य रहेको हुन्छ’, सूचनामा भनिएको छ।

क्लोज आउटको समस्याबाट बच्न सीडीएससीले लगानीकर्तालाई सेयर बिक्री गर्नु अगाडि सो सेयर बिक्री गर्न योग्य रहे/नरहेको हेर्न आग्रह गरेको हो ।

लगानीकर्ताको डिम्याट खातामा रहेको धितोपत्र विभिन्न कारणले रोक्का हुन सक्ने र यसरी रोक्का भएको धितोपत्र दोस्रो बजारमा बिक्री गरी राफसाफ तथा फछ्र्यौट गर्ने क्रममा हस्तान्तरण (ट्रान्सफर) हुन नसकी क्लोजआउट हुने समस्या देखिएको सीडीएससीले जनाएको छ।

प्रकाशित मिति : July 19, 2023 at 5:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/