वाणिज्य बैंकले कमाए ६७ अर्बमाथिः नबिल र ग्लोबल आइएमई बैंक अग्रस्थानमा, अन्य कुनको कति ?
३ साउन, काठमाडाैं । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । वाणिज्य बैंकको नाफा एक महिनाको अवधिमा १७.५९ प्रतिशतले बढेको हो । वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले याे अवधिमा यसका ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
त्यस्तै तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेकाे छ । बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ नाफा कमाएकाे छ । चौथो स्थानमा रहेको एनआईसी एशिया बैंकले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यस्तै, एनएमबि बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ, हिमालयन बैंकले ३ अर्ब २९ करोड रुपैयाँ, प्राइम कमिर्सयल बैंकले ३ अर्ब २१ करोड रुपैयाँ
स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ११ करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ७ करोड रुपैयाँ एभरेस्ट बैंकले ३ अर्ब ६ करोड रुपैयाँ, कुमारी बैंकले २ अर्ब ९५ करोड रुपैयाँ,प्रभु बैंकले २ अर्ब ८९ करोड रुपैयाँ र सानिमा बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएका छन् ।
यो अवधिमा नेपाल एसबीआई बैंकले २ अर्ब ९ करोड रुपैयाँ नाफा कमाएकाे छ । लक्ष्मी बैंकले १ अर्ब ६८ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ६८ करोड रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ६८ करोड रुपैयाँ र सनराइज बैंकले १ अर्ब ५९ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यो अवधिमा सबै थोरै नाफा कमाउनेमा कृषि विकास बैंक रहेको छ । बैंकले जेठ मसान्तसम्म १ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार १५:०७