६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२ साउन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन साेमबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन तोलाको १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँ कायम भएको छ। साेमबार पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ४८० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २ श्रावण २०८०, मंगलवार ११:०३