५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

कार्यकक्षमै जाँड खाने नुवाकोटका कर्मचारी निरबहादुर कारबाहीमा, मन्त्रालयले छानविन गर्दै

१ साउन, काठमाडौँ । कार्यालय समयमै कार्यकक्षमा बसेर जाँड खाने नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ का वडा सचिव निरबहादुर राना लगायत माथि कारबाही हुने भएको छ । कार्यकक्षमै भट्टी चलाएर जाँड खाएको भिडियो र समाचार बाहिरिएपछि दैनिकीसँग कुरा गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करले कर्मचारी माथि कारबाही प्रक्रिया अघि बढीसकेको जानकारी दिए । उनले छानविन गरेर दोषी देखिए विभागीय कारबाही समेत हुने बताए ।

आइतबार आर्थिक वर्ष २०७९/०८० को अन्तिम दिन भएको भन्दै वडा सचिव रानासहितले कार्यकक्षमै जाँडसहितको भोज गरेका हुन । उनले कार्यकक्षमै भोज गरेपछि वडा कार्यालयको जाँडको भट्टी भएको भन्दै नागरिकहरूले सामाजिक सञ्जाल मार्फत चर्को आक्रोश व्यक्त गरेका छन ।

कार्यकक्षमा जाँड खानेमा रानासहित कार्यालय सहयोगी श्रीधर श्रेष्ठ र अन्य कर्मचारी पनि रहेको थियो । निकै वेथिति र भ्रष्टाचार भैरहेको भनेर नागरिकले गुनासो गरिरहेको लिखु गाउँपालिको वडा नम्बर ६ मा यस्तो देखिएपछि सामाजिक सञ्जाल मार्फत नागरिकहरूले खबरदारी गरिरहेका छन ।

यही बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका लिखु गाउँपालिका कमिटीका सभापति विष्णुकुमार श्रेष्ठले विज्ञप्ति नै निकालेर वडा अध्यक्ष सुमन भण्डारीको सहमति बिना कर्मचारीले मात्र कार्यालयलाई भट्टीजस्तो बनाउन नसक्ने भन्दै कारबाहीको माग गरेका छन ।

प्रकाशित मिति : July 17, 2023 at 8:22 pm