१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

नुवाकोटको लिखु ६ को वडा कार्यालय मै जाँडको भट्टी ! कारबाही गर्न रास्वपाको माग

१ साउन, काठमाडाैँ । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ६ का वडा सचिव निरबहादुर रानाले कार्यकक्षमै जाँडसहितको भोज गरेका छन । आइतबार आर्थिक वर्ष २०७९/०८० को अन्तिम दिन भएको भन्दै वडा सचिव रानाले कार्यकक्षमै जाँडसहितको भोज गरेका हुन । उनले कार्यकक्षमै भोज गरेपछि वडा कार्यालयको जाँडको भट्टी भएको भन्दै नागरिकहरूले सामाजिक सञ्जाल मार्फत चर्को आक्रोश व्यक्त गरेका छन ।

कार्यकक्षमा जाँड खानेमा रानासहित कार्यालय सहयोगी श्रीधर श्रेष्ठ र अन्य कर्मचारी पनि रहेको थियो । निकै वेथिति र भ्रष्टाचार भैरहेको भनेर नागरिकले गुनासो गरिरहेको लिखु गाउँपालिको वडा नम्बर ६ मा यस्तो देखिएपछि सामाजिक सञ्जाल मार्फत नागरिकहरूले खबरदारी गरिरहेका छन ।

यही बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका लिखु गाउँपालिका कमिटीका सभापति विष्णुकुमार श्रेष्ठले विज्ञप्ति नै निकालेर वडा अध्यक्ष सुमन भण्डारीको सहमति बिना कर्मचारीले मात्र कार्यालयलाइ भट्टीजस्तो बनाउन नसक्ने भन्दै कारबाहीको माग गरेका छन ।

प्रकाशित मिति : July 17, 2023 at 6:34 pm