६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्याे

३१ असार, काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेपछि लागू  हुनेगरी  खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाउने निर्णय गरेकाे हाे ।

ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ । यस्तै डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ । अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ । भारतबाट १५/१५ दिनमा इन्धनको मूल्य सूची आउँछ । भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्याैता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।

प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १८:१४