२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

राष्ट्रपति पौडेलद्वारा बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण

३१ असार, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीन विधेयक प्रमाणीकरण गरेका छन् । उनले आज विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति पौडेलले सङ्घीय संसद्बाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएका उक्त विधेयक प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : 15:34