२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

भारतबाट घटेर आयो पेट्रोलको मूल्य, डिजेलको भने बढ्याे

३१ असार, काठमाडौं ।भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले शनिबार साँझ नेपाल आयल निगमनलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ । आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ।

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । हाल काठमाडाैं उपत्यकामा पेट्रोल प्रतिलिटर १६७.५० रुपैयाँ, डिजेल र मट्टीतेलको १४७.५० रुपैयाँ तोकिएको छ। आईओसीबाट हिजो प्राप्त नयाँ मूल्यपछि निगमलाई १५ दिनमा ५० करोड रुपैयाँ नाफा हुनेछ।

प्रकाशित मिति : July 16, 2023 at 1:05 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/