सिटिजन लाइफको आईपीओ बिक्री खुल्यो, प्रतिकित्ता २४४ रुपैयाँ, क-कसले दिन पाउछन् आवेदन ?
३१ असार, काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सकाे आईपीओ बिक्री खुला भएकाे छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज असार ३१ गतेदेखि आईपीओ निष्कासन गरेको हाे। कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँबराबर १ करो १२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्ने अनुमति पाएको छ।
पहिलो चरणमा कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरेको हो। कम्पनीले १०० अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २४४ रुपैयाँ दरमा आईपीओ बिक्री खुला गरेको हाे।
उक्त आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।
प्रकाशित मिति : ३१ असार २०८०, आईतवार १०:५९












