५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

चितवनको घाँस चीनमा निर्यात सुरू (फोटोफिचर)


३० असार, चितवन । नेपाली घाँसको चीनमा निर्यात सुरू भएको छ । भरतपुरमा उत्पादित प्याकिङ् घाँस ‘साईलेज’को चाईनामा निर्यातको सुभारम्भ शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे । हरियो घाँसलाई काटेर गुन्द्रुक बनाएजस्तो गरी तयार गरिएको संरक्षित घाँसलाई साइलेज भनिन्छ ।

साइलो पीट भनिने १ घन मिटरको खाल्डोमा ४०० देखि ७०० केजी हरियो घाँस साइलेजको रुपमा संरक्षण गर्न सकिन्छ । साइलेज बनाउनको लागि मकै, जुनेलो, उखुको टुप्पो, बाजरा, टियोसिन्टे जस्ता घाँसहरू उपयुक्त हुन्छन्  । यो घाँस नरम, रसिलो र अमिलो अमिलो खालको मिठो वासना आउने हरियो रङ्गको हुन्छ । हरियो घाँस नपाइने समयमा दूध दिने पशुलाई सरदर ४/५ केजीको दरले खुवाउने गर्नुपर्छ । तस्बिरहरूः गृमहमन्त्रीको सचिवालय

प्रकाशित मिति : ३० असार २०८०, शनिबार ११:५३