७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

डिम्याट खाता नविकरण गर्न माछापुच्छ्रे क्यापिटलको आग्रह, नबुझाए के हुन्छ ?

२९ असार, काठमाडाैं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले हितग्राही खाता (डिम्याट) नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको डिम्याट खाता सञ्चालन गरे बापतको नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

असार ३१ गते भित्र उक्त शुल्क इसेवा, कनेक्ट आइपीएस, आइएमई पे, प्रभु पे, फोन पे मार्फत शुल्क बुझाउन सकिने क्यापिटलले जनाएको छ ।तोकिएको अवधिमा साे शुल्क भुक्तानी नगरेमा खाता स्वतः रोक्का गरिने क्यापिटलले जनाएको छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार १५:१६