७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा, आजै प्रधानमन्त्री र परराष्ट्रमन्त्री भेटवार्ता गर्ने

२९ असार, काठमाडाैं । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एक दिने नेपाल भ्रमणका क्रममा आज काठमाडाैं आइपुगेका छन् ।

उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् । साथै उनले नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नेछन् । उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार १४:४६