२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड मिति तय, सेयर पाउने कति ?

२९ असार, काठमाडाैं ।  आइएमई लाइफको आईपीओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओकाे प्रि अलोटमेन्ट सम्पन्न भईसकेको र असार ३० गते शनिबार बाँडफाँड हुने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएकाे छ ।

कम्पनीले असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेकाे थियाे । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा ९६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेकाे थियाे ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ९० हजार ७४१ आवेदकबाट कुल १ करोड ५७ लाख ८७ हजार १५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.६४ गुणाले बढी हो।

मागभन्दा बढी आवेदन परेका कारण यो कम्पनीकाे आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। बाँकी ३ लाख ३० हजार ७४१ जनाको भने हात खाली हुनेछ ।

प्रकाशित मिति : 12:51