६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२९ असार, काठमाडाैं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार पनि सुनकाे मूल्य बढेकाे छ । लगातार तेस्रो दिन सुनको मूल्य बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँ कायम भएको छ। बिहीबार पनि चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार ११:१६