२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

सात ब्रोकर कम्पनीले आजदेखि सुरुवात गरे कारोबार

२८ असार, काठमाडाैं । नयाँ   सात कम्पनीहरुले आज बिहिबारबाट कारोबार थालेका छन् । परिक्षणको रुपमा सानो कित्ताको कारोबार गर्दै उनीहरूले कारोबार सुरु गरेका हुन्।

पछिल्लो समय मात्रै नेप्सेले सात ब्रोकर कम्पनीलाई सदस्यताको प्रमाणपत्र सहित ब्रोकर नम्बर प्रदान गरेको थियो। सदस्यताको प्रमाणपत्रसँगै नेप्सेले सन सेक्युरिटिललाई ब्रोकर नं. ६४, हिमालयन ब्रोकरेजलाई ब्रोकर नं. ६३, मियो सेक्युरिटिजलाई ब्रोकर नं.६६, सेयरप्रोलाई ब्रोकर नं. ६५, भोले गणेशलाई ब्रोकर नं. ६१, क्यापिटल म्याक्सलाई ब्रोकर नं. ६२ र प्रोपर्टी विजार्डलाई ब्रोकर नं. ६७ प्रदान गरेको छ।

सञ्चालन अनुमति पाएका ब्रोकर कम्पनीहरुले यसअघि परीक्षण (मक) ट्रेडिङ सुरु गरेका थिए । मक ट्रेडिङ गर्दा कुनै समस्या नदेखिएपछि उनीहरुले कारोबार सुरु गरेका हुन् ।

आज पहिलो दिन यी ७ कम्पनी मार्फत कुल २१० कितात सेयर खरिद भएको छ । यी ब्रोकर मार्फत १ लाख ७ हजार ९ सय ७५ रुपैयाँ बराबरको सेयर खरिद भएको छ ।

प्रकाशित मिति : July 13, 2023 at 4:55 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/