१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

सिन्धुपाल्चोककी १७ वर्षीया किशोरीलार्इ बलात्कार गरी फरार रहेका गोले श्रेष्ठ काठमाडाैँबाट पक्राउ

९ कात्तिक, काठमाडाैँ । सिन्धुपाल्चोककी १७ वर्षीया किशोरीलार्इ बलात्कार गरी फारर रहेका गोले श्रेष्ठ काठमाडाैँबाट पक्राउ परेका छन । प्रहरीले एक १७ वर्षीया किशोरीलार्इ गत असारमा बलात्कार गरी फारर रहेका सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ बस्ने २४ वर्षीय गोले श्रेष्ठलाई बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी सोही ठाउँ बस्ने १७ वर्षीया किशोरीलाई गत असार २६ गते बलात्कार गरी फरार भएका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकको पत्रको आधारमा खोजी गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कपनको प्रहरीले काठमाडौं महानगरपालिका–६ महाँकाल ओरालोबाट पक्राउ गरेको हो। उनीमाथि जबरजस्ती करणी मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : 14:08