६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आज पनि बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

२८ असार, काठमाडाैं । साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार ११:०९