१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

धानको न्यूनतम समर्थन मूल्य तोकियो, कुनको कति ?

२७ असार, काठमाडाैं । सरकारले धानको न्यूनतम समर्थन मूल्य ताेकेकाे छ । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हाे ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। आगामी आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य ३ हजार १९८ रुपैयाँ र मध्यम धानको ३ हजार ३६२ रुपैयाँ निर्धारण गरिएको छ।

आगामी आर्थिक वर्षका लागि निर्धारण गरिएको न्यूनतम समर्थन मूल्य चालु आर्थिक वर्षको तुलनामा २३१ रुपैयाँले बढी हो। चालु आर्थिक वर्षका लागि सरकारले प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य मोटो धानका लागि २ हजार ९६७ रुपैयाँ र मध्यम धानका लागि ३ हजार १२८ रुपैयाँ तोकेको छ।

प्रकाशित मिति : 12:52