१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

अधिक तरलता भएपछि फेरि बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक

२६ असार, काठमाडाैं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज  असार २६ गते मंगलबार फेरि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले  बैंकिङ प्रणालीमा तरलता अधिक भएर अन्तर बैंक ब्याजदर करिब २ प्रतिशतमा झरेपछि रिभर्स रिपो मार्फत तरलता खिच्ने भएको हो ।

राष्ट्र बैंकले १४ दिने अवधिको लागि जारी गर्न लागेको यो रिभर्स रिपो साउन ९ गते परिपक्व हुनेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्नेछ । राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरुले आज मंगलबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

प्रकाशित मिति : July 11, 2023 at 12:08 pm