१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

निर्मला हत्या प्रकरणः थुनामुक्त नगरे जबरजस्त बाहिर निस्किने इन्सपेक्टर भट्टको चेतावनी

९ कात्तिक, काठमाडाैँ । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अनुसन्धानका क्रममा लापरवाही गरेको ठहर गर्दै गृह मन्त्रालयले बर्खास्त गरेका प्रहरी निरीक्षक जगदीश भट्टले आफू न्यायका लागि अदालत जाने प्रतिक्रिया दिएका छन ।

मन्त्रालयले बिहीबार बर्खास्त गरेपछि इन्सपेक्टर भट्टले नेपाललाइभसँग कुरागर्दै स्पष्टीकरणका लागि आफूलाई पर्याप्त समय नदिएको गुनासो गरे । उनले गृह मन्त्रालयको निर्णय पूर्वाग्रही भएको भन्दै अाज थुनामुक्त नगरे अाफू जबरजस्त बाहिर निस्किएर अदालत जाने बताए । उनले आफ्नो मानव अधिकार हनन भएको समेत बताए । आफूलाई नियोजित ढंगले फसाइएको समेत उनले आरोप लगाए।

प्रकाशित मिति : 08:28