१० भदौ २०८३, बुधबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

नेप्सेमा २५४ कम्पनीकाे सेयर सूचीकृत, कुनको हिस्सा कति ?

२५ असार, काठमाडौं । जेठ मसान्तसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेस्से) मा सूचीकृत कम्पनीहरूको संख्या २५४ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७५ जलविद्युत कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ६ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखाएको हो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६२.८ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत्कम्पनीको हिस्सा १४.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४ं.४ प्रतिशत, होटेलको हिस्सा २ं.९ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.० प्रतिशत रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८० जेठ मसान्तमा सूचीकृत ७ अर्ब २८ करोड शेयरको चुक्ता मूल्य रु.७१८ अर्ब ४६ करोड रहेको छ । आर्थिक वर्ष २०७९/८० को एघार महिनामा रु.१७६ अर्ब १० करोड बराबरको साधारण शेयर, रु.४५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२९ अर्ब १९ करोड बराबरको डिबेन्चर, रु.३९ अर्ब ९ करोड बराबरको बोनस शेयर, रु.५ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र रु.४ अर्ब १३ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.२९९ अर्ब १ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब ६० करोड बराबरको डिबेन्चर, रु.१४ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, रु.१३ अर्ब ५ करोड बराबरको साधारण शेयर र रु.२ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर गरी कुल रु.४१ अर्ब ७७ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।

प्रकाशित मिति : July 10, 2023 at 1:01 pm