११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

अत्याधिक रक्सी पिउँदा ४५ वर्षीया महिलाको ज्यान गयो

९ कात्तिक, काठमाडाैँ ।  अत्यधिक मदिरा (रक्सी) सेवनले दाङमा एक महिलाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका –१२ नरिवाङ निवासी ४५ वर्षीया कल्पना खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरी नायब उपरीक्षक कृष्णहरि शर्माका अनुसार कमलपित्त रोगले पीडित बनेकी उनले अत्याधिक मदिरा सेवन गर्दा मृत्यु भएको हो।

लामो समयदेखि अत्यधिक मदिरा सेवन गर्ने गरेको र एक सातादेखि खानासमेत नखाएकी उनको बिहीबार अपराह्न मृत्यु भएको बताइएको छ।रासस

प्रकाशित मिति : October 26, 2018 at 7:28 am