८ असार २०८३, सोमबार | Mon Jun 22 2026

आइएमई लाइफको आईपीओ भर्ने आज अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

२५ असार, काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज असार २५ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार २१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । सीडीएससीका अनुसार हिजो साँझ ५ बजेसम्म यो कम्पनीको आईपीओमा ९ लाख ४० हजार ८१२ आवेदकबाट कुल १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयर माग भएको छ।

कम्पनीले पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँ दरमा १ करोड २० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ९६ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको छ ।

उक्त आईपीओमा लगानीकर्ताले  न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन पाइने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : July 10, 2023 at 9:14 am