भोलिनै सरकारी जागिर खान सक्नेगरी एसपी विष्ट र इन्सपेक्टर भट्ट बर्खास्त (विज्ञप्तिसहित)
८ कात्तिक, काठमाडाैँ । सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको ठहर गर्दै भविष्यमा सरकारी जागिरका लागि योग्य हुने गरी बर्खास्त गरेको छ ।
गृह सचिव प्रेमकुमार रार्इले प्रहरी नियमावली २०७१ को निमय ११३ को उपनियम १ बमोजिम एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाईलार्इ भोलिका दिनमा सरकारी जागिरमा योग्य हुने गरी बर्खास्त गरेका हुन । बर्खास्त गर्नुअघि उनीहरूसँग स्पष्टिकरण सोधिएको थियो । बर्खास्तगी प्रहरी नियमावली अनुसार भए पनि दुर्इ प्रहरी अधिकृतको बर्खास्तगीमा पनि सामाजिक सञ्जालहरूमा अनेक अाशंकाहरू व्यक्त भएका छन ।
पढ्नुहोस् विज्ञप्ति

प्रकाशित मिति : 20:45







