२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

२१ असार, विराटनगर ।  कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । थापाले बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १२, नेकपा (एकीकृत समाजवादी) का चार, जनता समाजवादी पार्टी (जसपा) का एक तथा सभामुख बाबुराम गौतमको पनि समर्थन रहने गरी मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

दुई या दुई भन्दा बढी दलको समर्थनमा प्रदेश प्रमुख खापुङ्गले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रकाशित मिति : 17:35