२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

एसईईको नतिजामा सुधारः २२ हजार ४७५ विद्यार्थीले ल्याए ३.६० देखि ४.०० जिपिए

२१ असार, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यसपटक गत सालभन्दा नतिजा सुधार देखिएको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४.०० जिपिए ल्याएका छन्।

त्यस्तै ५५ हजार ०६९ जना विद्यार्थीले ३.२० देखि ३.६० सम्म जिपिए ल्याउनेको बोर्डले सार्वजनिक गरेको नतिजामा उल्लेख छ। ७२ हजार ३६२ जना विद्यार्थीले २.८० देखि ३.२० सम्म जिपिए ल्याएका छन् ।

यस्तै, ८९ हजार ३३१ विद्यार्थीले २.४० देखि २.८० सम्म जिपिए ल्याएका छन् । २.००देखि २.४० सम्म जिपिए ल्याउने विद्यार्थीकाे संख्या १ लाख २ हजार २९३ रहेको बोर्डले जनाएकाे छ ।

गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो । परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।। गत वर्ष ३.६०देखि ४.०० जिपिए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेको छ।

प्रकाशित मिति : July 6, 2023 at 4:46 pm