११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

सत्ता गठबन्धनको बैठक बस्दै, कोशी प्रदेश सरकारको विषयमा छलफल हुने

१८ असार, काठमाडाैं । सत्ता गठबन्धनको बैठक आज बस्दैछ। अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेश सरकार गठनको विषयमा छलफल हुँदैछ। नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेका अनुसार कोशी प्रदेश सरकार गठन मुख्य एजेण्डा हो।

उनले कोशी सरकार गठनसँगै, संघीय सरकारको कामकारवाही, जनमत पार्टीलाई सरकारमा सामेल गराउनेलगायत विषय पनि छलफलको एजेण्डा हुने जानकारी दिए । विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङको आह्वान छ।

प्रकाशित मिति : July 3, 2023 at 2:44 pm