बीपी राजमार्ग पुनर्निर्माणका लागि जापानले दियो एक अर्ब आठ करोड रुपैयाँ
८ कात्ति, काठमाडाैँ । जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग दिएको छ । १६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ को गोर्खा भूकम्पले क्षति पुगेको छ । काभ्रेको बनेपाबाट सिन्धुलीको बर्दिबास जोड्ने उक्त राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो । सोही राजमार्ग पुनर्निमाणका लागि जापान सरकारले नेपाललार्इ अनुदान दिएको हो ।
उक्त अनुदान सहयोग सम्झाैतामा बिहीबार अर्थमन्त्रालयमा हस्ताक्षर गरिएको छ । सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका छन् । भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति पुर्याएको र त्यसको पुनर्निर्माणको काम अब छिट्टै शुरु हुने उनले बताए । राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम सम्पन्न गर्ने उनले जानकारी गराए ।
प्रकाशित मिति : ८ कार्तिक २०७५, बिहीबार १२:४६