१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

काठमाडाैँको गेष्ट हाउसमा एक महिला र एक पुरूषको रहस्यमय मृत्यु, कारण खोज्दै प्रहरी

८ कात्तिक, काठमाडाैँ । काठमाडौँको दुर्इ गेष्ट हाउसमा एक महिाल र एक पुरूषको रहस्यम मृत्यु भएको छ । छुट्टाुछुट्टै गेष्ट हाउसमा मृत्यु भएको उनीहरूको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित कालिका गेष्ट हाउसमा ५–६ महिनादेखि बस्दै आएका अछाम मंगलसेन घर भएका अन्दाजी ५५ वर्षीय रुपबहादुर शाह सोही गेष्ट हाउसको शौचालयमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

काठमाडौं टोखा नगरपालिका–९ बुद्ध टोलस्थित पाँचथर स्याबरुम्बा गेष्ट हाउसको दोस्रो तलाको १०२ नम्बरको कोठामा बस्दै आएकी रुपन्देही बुटवल घर भएकी मीना गुरुङ मृत अवस्थामा बुधबार फेला परेकी हुन् । उनको कसरी मृत्यु भयो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।

प्रकाशित मिति : 12:04