२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरियोः सीआईबी

१३ असार, काठमाडाैं । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज पत्रकार सम्मेलन गरी सो प्रकरणमा मंगलबार पक्राउ परेका चार जनालाई सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

सीआईबीले हिजो उक्त प्रकरणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो । यद्यपि तीन जनाले यसअघि नै अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो । छुट्नेमा सुरेन्द्रमान कपाली, कलाधर देउजा र हुपेन्द्रमणि केसी रहेका छन् । भने मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, गोपाल कार्की र सुधीर शाहलाइ भने आज सीआईबीले सार्वजनिक गरेकाे छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जग्गा प्राप्ति ऐन, २०१८ बमोजिम तत्कालीन श्री ५ को सरकारले मुआब्जा दिई अधिग्रहण गरी नेपाल सरकार, समरजङ्ग कम्पनीका नाममा दर्ता रहेको ललिता निवासको जग्गा हिनामिना गरेको, सरकारी छाप दस्तखत कीर्ते मुद्दाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

“राणा परिवारलाई जग्गा फिर्ता गरेको नाममा, नक्कली मोही खडा गरेर, गुठी खडा गरेर जग्गा हिनामिना गरेको पाइएको छ”, उनले भने, “सरकारी जग्गामा मोही, गुठी कोही हुँदैन ।”

प्रकाशित मिति : June 28, 2023 at 2:39 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/