सुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम सुरु भएको छः मन्त्री श्रेष्ठ
१२ असार, काठमाडौं । भूमिव्यवस्था, सहकारी तथागरिबीनिवारण मन्त्री रञ्जिताश्रेष्ठले भूमिहीनसुकुम्बासीलाई लालपूर्जा हस्तान्तरण गर्ने काम सुरु भएको बताएकी छिन्।
मंगलवार प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नहरुको जवाफ दिदैँ उनले भूमिहिनहरुसँग परामर्श लिएर जग्गादर्ता गर्ने र लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढेको बताइन् ।
‘भूमिहीनसँग जग्गा दर्ता गर्ने र हस्तान्तरण गर्ने विषयसँग सम्बन्धित भूमि आयोगमा छलफल चलिरहेको छ ’ उनले भनिन्, ‘विभिन्न जिल्लाहरुमा गएर भूमिहीन, दलित भूमिहीन सुकुम्बासीसँग परामर्श लिएर जग्गा दर्ता गरेर लालपूर्जा हस्तान्तरण गर्ने कार्य अगाडि बढाई रहेका छौ । ’
सांसद विना लामाले उठाएको प्रश्नको जवाफ दिदैँ उनले वास्तविक सुकुम्बासीलाई पहिचान गर्ने र जग्गा दर्ता गराउने कार्य अगाडी बढाउने काम भएको बताइन् ।
उनले भनिन्, ‘गुठि व्यवस्थापन र सुकुम्बासीको विषयमा हामीले मन्त्रालयमा वास्तविक सुकुम्बासीलाई पहिचान गर्ने कार्यतिर हामी लागेका छौ र यसका लागि अगाडी बढिरहेका छाैँ ।’
सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाटबारे सोधेको प्रश्नमा उनले जग्गाको लालपूर्जा वितरण कार्य अगाडी बढेको उल्लेख गर्दै कित्ता काट र भू उपयोगको नीति नहुदाँ खेतीयोग्य जमिन सुरक्षित नभएको हुदाँ कृषि योग्य जमिन छुट्याएर कित्ताकाट गर्ने गरी तयारी गरिएको बताइन् ।
प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १६:३६