११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

परिचय पत्रको आधारमा कृषक वर्गिकरण सुरु गरिने छः मन्त्री भुसाल

१२ असार, काठमाडौं ।कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले, परिचय पत्रको आधारमा कृषक वर्गिकरणको काम सुरु गरिने बताएका छन् ।

मंगलबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैँ उनले किसान परिचय पत्रको आधारमा कृषक वर्गिकरणको कार्य अघि बढाउने र यसैको अधारमा कृषि सम्बन्धी सेवा सुविधा प्रदान गर्ने गरी कार्यक्रम संचालन गरिने जानकारी दिए ।

त्यस्तै खाद्य अधिकार तथा खाद्य सम्प्रभूता ऐन मन्त्रीपरिषद्मा पेश गर्ने प्रक्रियामा रहेको उनले बताए । उनले भने ‘ यस सम्बन्धमा खाद्य अधिकार तथा खाद्य सम्प्रभूता ऐन सम्बन्धि नियमावलीको मस्यौदा तयार भइसकेको छ र मन्त्रीपरिषद्मा पेश गर्ने प्रकृयामा रहेको छ । ’

त्यस्तै उनले कृषक सम्मान र किसान पेन्सनको विषय पनि सरकारले प्राथमिकतामा राखेको उनको भनाई छ । ‘कृषक सम्मान र किसान पेन्सनको विषयमा यसको लागि कृषि मन्त्रालयबाट कृषि क्षेत्रका आधारभुत सेवाहरु सर्वसुलभ रुपमा प्रवाह गर्ने कार्यक्रम संगसंगै राष्ट्रिय स्तरमा नै कृषकहरुलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम आगमी आर्थिक वर्षको लागि प्रस्तावित गरिएको छ ’ उनले भने ।

प्रकाशित मिति : June 27, 2023 at 4:10 pm