२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

कांग्रेस छाड्ने तयारीमा रहेकी अभिनेतृ श्वेता खड्का श्रीमान र छोरीसहित ओली निवास बालकोटमा


१२ असार, काठमाडौँ । नेपाली कांग्रेस प्रवेश गरेर पनि पार्टी गतिबिधिमा खासै सक्रिय नभएकी अभिनेत्री श्वेता खड्का मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न उनको निवास बालकोट पुगेकी छिन । श्रीमान र छोरीसहित बालकोट पुगेकी श्वेताले केही समय बालकोटमा बिताएकी थिइन ।

अभिनेत्री खड्का पति विजयेन्द्रसिंह रावत र छोरी ब्रिआनालाई साथमा लिएर ओली निवास बालकोट पुगेकी हुन । उनले ओलीसँगको भेटको तस्बिर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छिन । अभिनेत्री खड्काले अध्यक्ष ओलीसँगको भेटपछि कुनै पनि काम प्रेमपूर्वक गर्दा लक्ष्मीको बास हुने बताएकी छिन । उक्त भेटका क्रममा ओलीले श्वेताकी छोरी ब्रिआनालाई प्रेमपूर्वक साथमा लिएर आशीर्वाद पनि दिएको श्वेताले उल्लेख गरेकी छिन ।

उनले लेखेकी छिन, ‘काम ठूलो हुनु पर्दैन, जे गर्छौँ प्रेमपूर्वक गर्दा सदैव लक्ष्मी को बास हुन्छ । सम्मनानीय पूर्वप्रधानमन्त्री केपी बुवा हजुरसँग पहिलो भेट ब्रिआनाको, आशिर्वाद लिँदै ।’ ओलीसँगको श्वेताको भेटलाई एमाले बृत्तमा उनी पार्टी प्रवेश गर्न लागेको भनेर चर्चा गरिएको छ । तस्बिरः श्वेताको फेसबुक पेज

प्रकाशित मिति : १२ असार २०८०, मंगलवार १५:०९