११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026
http://kk5.io/NADA2026

विदेशी हस्तक्षेपप्रति थप सचेत हुन आवश्यक छः सांसद सुवाल

११ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले, नेपालमा वैदेशिक हस्तक्षेप झनै बढ्दै गएको टिप्पणी गरेका छन् ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा उनले वैदेशिक मामलामा सबै जना थप सचेत हुन जरुरी रहेको बताए ।

‘आम जनाता, राजनीतिक पार्टीका नेता, कार्यकर्ता, कर्मचारी, उद्योगी, व्यापारी थप सचेत संवेदनशिल हुन जरुरी छ । विदेशी गुप्तचर संस्थाका एक अधिकारिले सन १९९५ मा लेखेको पुस्तकमा गुप्तचर संस्थाको सहयोगमा नेपालको प्रधानमन्त्री भएको एउटा पार्टीले देश भरि नै आफ्नो प्रभाव बलियो पारिसकेको उल्लेख गरेका थिए ।’

उनले भने ‘तत्कालीन राजासंगको भेटमा पनि खाममा राखेर सहयोग गरेको सो पुस्तामा उल्लेख छ । नेपालका एक वरिष्ठ पत्रकारले पनि आफ्नो पुस्तकमा प्रधानमन्त्री भएको उहि पार्टीले विदेशी राष्ट्रपतिसंग करोडौं रुपैया मागेर महाधिवेशन गरेको उल्लेख गरेका छन् । नेपालको गोप्य विषय विदेशी गुत्तचर संस्थालाई दिने जो सुकै होस एक दिन पोल खुल्नेछ त्यसतर्फ हामी सबै सचेत हुनुपर्छ । ’

प्रकाशित मिति : June 26, 2023 at 12:39 pm