६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

यस्तो आज विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?

११ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनि गरेको छ । जसअनुसार, आज बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ४८ पैसा र बिक्री दर १६७ रुपैयाँ २५ पैसा रहेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ४३ पैसा र बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको छ।अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८६ रुपैयाँ रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको छ।

त्यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०० रुपैयाँ रहेको छ भने बिक्री दर २८.१३ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार ०९:२३