२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

२००७ सालको आन्दोलन विभत्स सम्झौता थियाेः केपी ओली

१० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालको आन्दोलन विभत्स सम्झौताको आन्दोलन भएको बताए ।आईतबार काठमाडौंमा आयोजित सिंहवालोकन नामक पुस्तकको लोकार्पण समारोहमा अध्यक्ष ओलीले ०७ सालको आन्दोलनमा देश भित्रको नभइ बाहिरको हतियार चलेको बताए । उनले ०७ सालको आन्दोलन र परिवर्तन बाह्य शक्तिको आडमा भएको दावी पनि गरे ।

उनले भने, ‘नेपालमा परिवर्तन बाह्य शक्तिलाई पनि चाहिएको थियो । त्यसैले २००७ सालमा जुन हतियार प्रयोग भयो त्यो हतियार नेपाल भन्दा बाहिरबाट आउने कारण त त्यही हो । नेपाल भित्रका हतियार त चलेका होईनन् । हतियार बाहिरबाट आयो आन्दोलन भयो । त्यो आन्दोलन कहाँ टुङिगयो भन्दा नेपालीहरुले वार्ता गरेर नेपाली राजनीतिक शक्तिहरुले वार्ता गरेर त्यो सम्झौता टुङग्याउन पाएको हैन ।

अन्तै वार्ता गरेर अन्तै निष्कर्श निस्क्यो । राजा राजै रहने मोहन शमशेरलाई प्रधानमन्त्री बनाउने विशेश्वर प्रसाद कोईरालालाई गृहमन्त्री बनाउने नेपाली कांग्रेस पनि त्यही मन्त्री लिएर सामेल हुने राजाका यति राणाका यति मन्त्री बस्ने आदि । यो सबै राष्ट्रिय राजनीतिले तय गरेन, राष्ट्रिय आवश्यकता र आन्दोलनले तय गरेन नियतिले तय गर्यो । नियति अन्तै थ्यो । र त्यो आन्दोलन २००७ सालको आन्दोलन विभत्स कम्प्रोमाइज भयो । ’

प्रकाशित मिति : June 25, 2023 at 4:48 pm