६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

दक्षिण कोरिया जाने युवाहरुले घेरे इपीएसको कार्यालय, सम्झौता पत्र बनाउन माग

१० असार, काठमाडौं । दक्षिण कोरिया जानका लागि आवश्यक प्रक्रिया पूरा गरेर पनि जान नपाएकाहरु आन्दोलनमा उत्रिएका छन् । कोरिया गएर आएकाहरुले आवश्यक प्रक्रिया पूरा गरेपनि कोरिया जान नपाएको भन्दै इपीएसको कार्यालयले बदमासी गरेको आरोप लगाएका छन् ।

आइतबार ललितपुरको ग्वार्कोमा रहेको इपीएस कार्यालय घेराउ गर्दै कोरिया पठाउने इपीएस कार्यालयले हजारौंको संख्यामा रहेको युवाहरुको भविषयसँग खेलवाड गरिरहेको आरोप लगाए ।

प्रक्रिया पूरा गरेर कोरिया जाने तयारीमा रहेका करिव १ हजारको संख्याका कामदारहरूले एपीएस कार्यालय घेरावन्दी गर्दै सम्झौतापत्र बनाइदिनु पर्ने माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुले भने, ‘ हामी कुनै पनि नकारात्मक कार्यहरु गर्न नआएको तर कार्यालयले सम्झैतापत्र बनाउन ढिलाई गर्न हुँदैन ।’ उनिहरु कोरिया गएर आएको र फेरि पास गरेर जाने क्रममा आफुहरुको प्रक्रिया अगाडि नबढाएको भन्दै विरोधमा उत्रिएका हुन् ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार १५:२४