२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

एमालेको राम्रो कामको पनि प्रचार हुन सकेनः उपमहासचिव रिमाल

१० असार, काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीले गरेका राम्रो कामको पनि प्रचार हुन नसकेको बताएकन छन । पार्टी मुख्यालय च्यासलमा भएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागको नवौं बैठकमा सम्बाेधन गर्दै उपमहासचिव रिमालले पार्टीले राम्रा काम गरे पनि प्रचार नहुने अवस्था देखिएको बताए ।

उपमहासचिव रिमालले पार्टीको राम्रा कामको पनि प्रचार नभएकै कारण प्रचार कार्यमा परेको खाल्टो पुर्ने र प्रचारको कामका लागि केन्द्रदेखि सबै जिल्ला, पालिका र वडासम्म सञ्जाल निर्माण गर्ने सोचका साथ केन्द्रीय सदस्यहरूलाई प्रदेशमा खटाइएको जानकारी दिए । रिमालले प्रचारको काम एउटै भाकामा तलसम्म जाने गरी नीति निर्माण गर्न विभाग समक्ष आग्रह पनि गरे ।

एमालेले प्रचारको कामलाई केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडासम्म सञ्जाल निर्माण गरी व्यवस्थित रूपमा अगाडि बढाउने गरी विभागले कार्ययोजनाको तयारी गरिरहेको छ । उक्त बैठकमा पार्टीका कार्यवाहक महासचिव प्रदीप ज्ञवाली पनि उपस्थित रहेका थिए । 

बैठकमा कार्यवाहक महासचिव ज्ञवालीले विभागको मुख्य काम पार्टीलाई नीति निर्माणका लागि सुझाव दिने भएको वताउँदै मिडियामा आएको विविधताजस्तै जनतामा पनि विविधता रहेको हुँदा न्यू मिडियालाई केन्द्रभागमा राखे पनि रेडियो सुनेर, पत्रिका पढेर धारणा बनाउनेहरूलाई पनि लक्ष्यित गरेर व्यापक कार्ययोजना निर्माण गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : June 25, 2023 at 12:07 pm